नेपालको बसाइँ भारत र पाकिस्तानको भन्दा महँगो, विश्वकै महँगो मुलुकमा कुन होला त ?

२७ माघ २०७६, सोमबार

पोखरा– बस्नका लागि नेपाल दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानभन्दा पनि महँगो रहेको पाइएको छ ।

सीईओ वर्ल्ड बिजनेस म्यागेजिनका अनुसार विश्वकै महँगो देशमा नेपाल १ सय २२ औं स्थानमा परेको हो । नेपाल भन्दा बस्नका लागि कम लागत लाग्ने मुलुकमा भारत भारत १ सय ३०औं र पाकिस्तान १ सय ३२औं मा परेका छन् ।

त्यस्तै श्रीलंका १ सय १२औं महँगो मुलुक भएको छ।

विश्वकै महँगो मुलुकमा स्विट्जरल्यान्ड परेको छ। दोस्रो स्थानमा नर्वे र तेस्रोमा आइसल्यान्ड छन् ।

किराना, लत्ता कपडा र ट्याक्सीको भाडालगायतका विभिन्न वस्तुको मूल्यका आधारमा पहाडी मुलुक स्विट्जरल्यान्ड विश्वकै महँगोमा परेको हो। दोस्रो स्थानमा नर्वे र तेस्रोमा आइसल्यान्ड रहेका छन् ।

शीर्ष महँगा १० मुलुकको सूचीमा डेनमार्क लक्जेम्बर्ग, जापान, बहमास, इजरायल, सिंगापुर र दक्षिण कोरिया परेका छन् । अमेरिका विश्वकै २० औं महँगो मुलुक भएको छ ।

सीईओ वर्ल्ड बिजनेस म्यागेजिनका अनुसार विश्वकै महँगो देशमा नेपाल १ सय २२ औं स्थानमा परेको हो । नेपाल भन्दा बस्नका लागि कम लागत लाग्ने मुलुकमा भारत भारत १ सय ३०औं र पाकिस्तान १ सय ३२औं मा परेका छन् ।

बेलायत २७ औं स्थानमा रहेको छ। विज्ञहरूले आवास, पोसाक, ट्याक्सीको भाडा, युटिलिटी, इन्टरनेट, किराना सामग्रीको मूल्य, यातायात र बाहिर खाने लगायतका विभिन्न आधारमा महँगो मुलुकको सूची तयार पारेका हुन् ।

यो पनी पढ्नुहोस
हुरिले विमान नै छिटो उडाएपछि बन्यो नयाँ कीर्तिमान

पोखरा – अमेरिकाको न्युयोर्कबाट लण्डनका लागि उडेको एउटा विमान निर्धारित समय भन्दा अगाडि नै पुगेर नयाँ कीर्तिमान कायम भएको छ।

बोइंग 747-436 नामको ब्रिटिस एयरवेजको जेट विमान निर्धारित समय भन्दा ८० मिनेट अगाडि पुगेको बीबीसीले जनाएको छ ।

न्युयोर्कबाट लण्डन पुग्न औषतमा ६ घण्टा १३ मिनेटको समय लाग्ने बताइन्छ । तर ठूलो बतासका कारण उक्त विमान ४ घण्टा ५६ मिनेटमनै पुगेको हो।

यसअघि सन् २०१८ को जनवरीमा नर्वेजियन विमान ५ घण्टा १३ सेकेण्डमा पुगेर रेकर्ड बनाएको थियो ।

प्रकाशित मिति २७ माघ २०७६, सोमबार ०२:२१