हात्तीले गाडी नै रोकेर आलु खाएपछि यस्तो भयो ..

नेपाली समाजमा पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् ।

त्यसै मध्ये हालै भारतको एक राजमार्गमा हात्तीले गाडी नै रोकेर आलुले भरिएको गाडीको आलु खाएको खबर भाइरल बनेको छ । अर्काे गाडीको ड्राइभरले आपूmभन्दा अगाडिको आलु भरिएको गाडीमाथि नै सुँड लगेर हात्तीले आलु खाएको भिडियो खिच्न भ्याएका थिए ।

उक्त भिडियोमा जंगलबाट निस्किएको भोको सो हात्तीले एक्कासी आलुले भरिएको गाडीमाथि सँुड लगेर आलु निकाल्न भ्याएको थियो । खबरका अनुसार, उक्त हात्ती सुरुमा जंगलबाट निस्किएर ट्रकलाई रोकेको र आलु खान थालेको थियो ।

यो घटना पश्चिम बंगालको गढबेटा जंगलको बीचबाट जाने नेशनल हाइ वे नम्बर ६० को हो । ती हात्तीहरूले पहिले पनि खानाको खोजीमा यस्तै हतकण्डा अपनाउने गरेको बताइन्छ ।

आदित्य र नेहाको विवाह पक्‍का, काेकाे हाेलान जन्ति ?

मुम्बई : इन्डियन आइडल सिजन ११ मा निकै समयदेखि आदित्यनारायण र नेहा कक्कडको जोडीको चर्चा भइरहेको छ। अब यी जोडीले विवाह गर्ने कुरा पक्का भएको छ। सोनीले यी दुई रोमान्स गरिरहेको एक भिडियो सेयर गरेको छ। जारी गरिएको एक भिडियोमा यी दुई ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नृत्य गरेका छन्। भिडियोको क्याप्सनमा लेखिएको छ, ‘१४ फेबुअरी – मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन्।’

यसबाहेक नेहा कक्कड र आदित्यनारायणले पनि सोसल मिडियामा यसबारे जानकारी साझा गरेका छन्। नेहाले पनि इन्स्टाग्राममा एउटा फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘फेब्रुअरी १४’।

प्रकाशित मिति २५ माघ २०७६, शनिबार १०:३१