धार्मिक मान्यताअनुसार  : शनिबारको दिन गर्न नहुने यी  ५ कामहरु

शनिवारको दिन शनिदेवको विशेष दिन हो । र, शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ ।

ज्योतिषीय मान्यता अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी छ ।

शनिवारको दिन केही काम गर्न व’र्जित गरिएको छ –

१ आपँको अचार खानबाट बच्नुहोस् । काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको वि’रोधी हुन् । शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

२ शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन । शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।

३ शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन ।

४ काठबाट बनेका सामान पनि शनिवार किन्न अ’शुभ मानिन्छ । शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।

५ शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन । नुनको खरिद पनि शनिवार ब’र्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा द’रिद्रता भित्रन्छ ।

यो पनि पढ्नुहोस !

राति सुत्नुअघि जप्नुस् यो मन्त्र, मिल्छ ठूलो लाभ

आध्यात्मवादीका अनुसार स्वास्थ्य सम्बन्धी समस्या समाधानको औषधि बोतलमा भन्दा मनमा हुने गहिरो चिन्तनका भित्र हुन्छ ।

आजभोलिको व्यस्त जीवनशैलीमा मानिसहरु अनिन्द्राको पीडा रहेका हुन्छन् । राम्रो निन्द्राका साथ शुभ फलका लागि धार्मिक रुपमा केही उपायहरु रहेको हुन्छ ।

एक मन्त्रको जप सुत्नुअघि गरियो भने निकै लाभदायी हुने मान्यता रहेको छ । पुराणमा बताइए अनुसार यो सुत्न अघि उच्चारण हुने एक मन्त्रमात्र नभएर एक नारायण कवचको रुपमा तपाई रक्षा गर्नेछ । यो मन्त्रद्वारा भगवान विष्णुको अवतारसँग सुरक्षाको विन्ती हुने छ

यस्तो छ मन्त्र–

जले रक्षतु वाराहः स्थले रक्षतु वामनः ।
अटव्यां नारसिंहश्च सर्वतः पातु केशवः ।।

यो मन्त्रको अर्थ यस्तो छ– हे भगवान विष्णु जलमा वाराह देवता पृथ्वीमा वामन रुपमा मेरो रक्षा गर्नुहोस् आकाशमा नरसिंह भगवानले रक्षा गरुन् भने केशव भगवानले सवै दिशामा मेरो रक्षा गर्नुहोस् ।

यदी तपाईले सुत्ने समयमा यो मन्त्र जप गर्नुभयो भने घरबाट नकारात्मक शक्ति हट्ने धार्मिक मान्यता रहेको छ भने यो मन्त्रको जपले निन्द्रा राम्रो लाग्नुका साथै सपना पनि राम्रो देखिने छ ।

प्रकाशित मिति २५ माघ २०७६, शनिबार ०३:३६