संसारमा सबैभन्दा सानो गाई, वजन जम्मा ४ किलो

हालै अमेरिकामा एउटा एकदमे सानो गाई भेटिएको छ । सामान्य गाईको तुलनामा यो गाईको तौल ४.५ किलो रहेका छ । अर्थात् त्यो गाई जम्माजम्मी बिरालो जत्रै छ । यो गाई विश्वकै सबैभन्दा सानो गाई हो । सामान्य गाईभन्दा १० हिस्सा सानो यो गाईको नाम लिटिल बिल हो ।

यो बाच्छोलाई जन्मने बित्तिकै अमेरिकाको मिसिसिपी स्टेट यूनिभर्सिटी कलेज अफ भेटेरिनरी मेडिसिनमा लगिएको थियो । गाईको मालिकले गाई बि’रामी भएको हुनसक्ने भन्दै भेटेनरी लगेका थिए । तर, चिकित्सकले गाई पूर्ण स्वस्थ रहेको बताएका छन् । गाई सामान्य गाईको तुलनामा सानो मात्रै भएको अन्य कुनै रो’ग नभएको चिकित्सकले बताएका छन् ।

गाईको तौल ४.५ किलो रहेका छ । अर्थात् त्यो गाई जम्माजम्मी बिरालो जत्रै छ ।

अस्पतालमा यस्तो विचित्रको गाई हेर्न भीड जम्मा भएको थियो । चिकित्सकले गाईको एक तस्विर पनि आफ्नो फेसबुक फेजमा शेयर गरेका छन् । गाई किन यति सानो भएर जन्मियो भनि चिकित्सकले अनुसन्धान गरिरहेका छन् । #LilBill भनि अहिले यो गाई सामाजिक सञ्जालमा भाइरल बनेको छ यो गाई विश्वको सबैभन्दा सानो गाईको रुपमा गिनिज बुकमा नाम लेखाउने पक्का छ। ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १४:२१