मृ’त्युअघि आमालाई हात हल्लाएको नभेषको फोटो वर्षकै उत्कृष्ट (तस्बिरहरु)

पोखरा : आइएमई-ग्लोबल-आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि नभेष चित्रकारले जितेका छन्।

हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नी आमालाई मृत्यु पहिले हात हल्लाउँदै गरेको फोटो यो वर्षको आइएमई-ग्लोबल-आइएमई बैंक फोटो अफ द इयर घोषित भएको हो।

चित्रकारले आइएमई-ग्लोबल-आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान प्राप्त गरेका छन्।

यसैगरी सुरज श्रेष्ठको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने सेलपे डेली लाइफ विधामा गोपेन राईले बाजी मारे।

सिटी एक्सप्रेस कल्चर एन्ड टुरिजममा सुबिर थापाले बाजी मारे भने डिसहोम स्पोर्टस विधाको उपाधि विकास द्वारेले जिते। त्यसैगरी नेप्टोस फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भयो।

सेलपे डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो। अर्घाखाँची सिमेन्ट न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापा तेस्रो भए।

नेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रा बन्दा दिपक बुढाथोकीको फोटो तेस्रो भयो। सिटी एक्सप्रेस ‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो उपविजेता तथा रोविक उपाध्यायको फोटो तेस्रो भयो।

डिसहोम स्पोर्टसमा सुनिता डंगोलको फोटो दोस्रो तथा दिनेस गोलेको फोटो तेस्रो भयो। ‘शिखर इन्स्योरेन्स नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो तथा नभेष चित्रकारको फोटो तेस्रो भयो।

नेपाल पर्यटन बोर्डको सहकार्यमा तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन भएको प्रतियोगितामा सिटी एक्सप्रेस कल्चर एन्ड टुरिजम, नेचर एन्ड वाइल्ड लाइफ, सेलपे डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्युज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम स्पोर्ट्स र नेप्टोस फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले फोटो पत्रकार क्लबले देशभरिबाट समावेश फोटोमध्येबाट उत्कृष्ट छानेर पुरस्कृत गरेकोमा क्लबसहित आयोजनामा खट्नुभएका सबैलाई धन्यवाद दिए।

‘सातौं संस्करणसम्म आउँदा भएको सहभागीताले हामीलाई हौस्याएको छ’, कार्कीले भने, ‘यस्ता प्रतियोगिता आगामी दिनमा पिजे क्लवले गर्दै जानेछ

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १३:४०