‘बले’ र प्रिज्माले लगनगाँठो गास्दै तर कहिले त ? (भिडियो)

पोखरा । नेपाली हास्य टेलिश्रृखला ‘भद्रगोल’बाट अभिनयमा चिनिएका सागर लम्साल ‘बले’ र टिकटकबाट भाइरल बनेकी प्रिज्मा खतिवडन बिचको प्रेम सम्बन्धको चर्चाले अहिले सामाजिक संजाल तातिरहेको छ । अहिले ‘सक्किगो नि’ नामक हाँस्य टेलिश्रृंखलामा अभिनय गरिरहेका सागरले दर्जनौँ म्युजिक भिडियो मा अभिनय गरेका छन् । सोही क्रममा उनको प्रिज्मा सँग भेटघाट भएको थियो ।

सागर र प्रिज्मा मात्र होईन प्रिज्माकी बहिनी प्रिन्सी पनि मञ्जिल बस्नेतसँगको प्रेममा रहेको चर्चा छ । मञ्जिल पनि टिकटकबाट उदाएर हाल म्यूजिक भिडियोमा अभिनय गरिरहेका छन् ।

जुम्ल्याहा दिदि-बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा अहिले अभिनय क्षेत्रमा चर्चित छन् । दर्जनौँ म्यूजिक भिडियो तथा केहि चलचित्रका गीतहरुमा समेत उनिहरुले एकसाथ अभिनय गरेका छन् । सागर र प्रिज्मा मात्र होईन प्रिज्माकी बहिनी प्रिन्सी पनि मञ्जिल बस्नेतसँगको प्रेममा रहेको चर्चा छ । मञ्जिल पनि टिकटकबाट उदाएर हाल म्यूजिक भिडियोमा अभिनय गरिरहेका छन् । यि चारैजनाले एक म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

र्को बर्ष बिहे हुने
एक बिश्वस्त श्रोतका अनुसार सागर र प्रिज्माले अर्को बर्ष अर्थात २०७७ मा बिवाह गर्दैछन् । केहि महिना अघिदेखी प्रेममा रहेका उनिहरुको घरपरिवारमा समेत कुराकानी भईसकेको बुझिएको छ ।

स्रोतः ठुलो पर्दा / भिडियो हेर्नुहोसः

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/Aa4vkceET2k” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०७:२६