कोरोना भा’इरसबारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको मृ’त्यु

चीनलगायत विश्वभर आतंकित बनाइरहेको र’हस्यमयी कोरोना भाइरसबारे संसारलाई सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको बिहीबार मृ’त्यु भएको छ। चिनियाँ चिकित्सक ली वेनलियान्गको बिहीबार चीनमा मृ’त्यु भएको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ। ग्लोबल टाइम्सका अनुसार चिकित्सक ली वेनलियान्गको मृ’त्यु कोरोना भा’इरसको सं’क्रमणका कारण भएको हो।

चिनियाँ चिकित्सक ली वेनलियान्गको बिहीबार चीनमा मृ’त्यु भएको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ।

जब चीनको वुहान शहरमा कोरोना भाइरसबारे सूचना लु’काउने प्रयास गरिएको थियो, त्योबेला चिकित्सक ली वेनलियान्गले अस्पतालबाट भिडियो पोस्ट गरेर कोरोना भा’इरसबारे मानिसहरुलाई चे’तावनी दिएका थिए।

यसपछि चीनको स्थानीय स्वास्थ्य विभागले ३४ वर्षीय डाक्टर ली वेनलियान्गसँग सो’धपुछ गरेको थियो। यतिमात्र होइन वुहान प्रहरीले डाक्टर ली वेनलियान्गलाई नोटिस पनि दिएको थियो र सामाजिक सञ्जालमाफर्त अ’फवाह फैलाएको आ’रोप लगाएको थियो।

डाक्टर ली वेनलियान्गले गएको ३० डिसेम्बरमा एक च्याट ग्रुपमा साथी डाक्टरहरुलाई सन्देश पठाएर यो भा’इरसबारे जानकारी दिएका थिए।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ डाक्टर ली वेनलियान्गको मृ’त्युमा दुः’ख व्यक्त गरेको छ। संगठनले एक ट्वीट गर्दै उनको निधनमा निकै दु’खी भएको बताएको छ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०१:४६