आदित्य र नेहाको विवाह हुनेभयो  पक्‍का

मुम्बई। इन्डियन आइडल सिजन ११ मा निकै समयदेखि आदित्यनारायण र नेहा कक्कडको जोडीको चर्चा भइरहेको छ। अब यी जोडीले विवाह गर्ने कुरा पक्का भएको छ।

सोनीले यी दुई रो’मान्स गरिरहेको एक भिडियो सेयर गरेको छ। जारी गरिएको एक भिडियोमा यी दुई ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नृत्य गरेका छन्। भिडियोको क्याप्सनमा लेखिएको छ, ‘१४ फेबुअरी – मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन्।’

उदितनारायणका साथै उनकी श्रीमती दीपानारायण पनि नेहालाई आफ्नो घरको बुहारी बनाउन आतुर छन्। इन्डियन आइडल ११ को सेटमा भ्यालेन्टाइन्स डे स्पेसल एपिसोडमा यी दुईले सात फेरो पनि लिने सोनी टीभीले जनाएको छ।

मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन्।’उदितनारायणका साथै उनकी श्रीमती दीपानारायण पनि नेहालाई आफ्नो घरको बुहारी बनाउन आतुर छन्।

सोमा दुवैको विवाह तय गर्न पुगेका उदितनारायणले भने, ‘हामी यहाँ आदित्य र नेहाको विवाह गराउन आएका हौं।’ त्यसपछि आदित्य स्टेजमा नाच्न थाले। नेहासँगै रहेका दुवै जज हिमेश रेशमिया र विशाल ददलानीले खुसी व्यक्त गरे। हिमेशले भने, ‘१४ फेब्रुअरीमा विवाह गर्ने भए १ फेब्रुअरीमा मेहन्दीको आयोजन होस्।’ नेहा र आदित्यको विवाह साँच्चै हुन्छ या यो रिल लाइफ ड्रामा मात्रै हो, यो भने आउने समयले नै बताउने छ।

प्रकाशित मिति २३ माघ २०७६, बिहीबार ०८:३१