‘प्रेम गीत ३’ मा प्रदिपको क्रेज गीत युट्युबको नम्बर वान ट्रेन्डिङमा [भिडियो]

पोखरा – फिल्म ‘प्रेम गीत ३’ मा समावेश ‘हात्ती ढुंगामा’ नेपालमा युट्युब ट्रेन्डिङको नम्बर एकमा पुगेको छ । फिल्मको गीत रिलिजको दुई दिनमा नम्बर एकमा उक्लेको हो ।

गीतमा सागर आले र मेलिना राईको आवाज सुन्न सकिन्छ । यस्तै गीतका शब्दलाई हर्क साउदले लेखेका हुन् भने कल्याण सिंहले संगीत दिएका हुन् ।

युट्युबमा प्रयोगकर्ताले गीत मन परेको प्रतिक्रिया दिएका छन् । कतिपयले भने यो गीत हिन्दी फिल्म ‘पद्मावत’ मा समावेश एक गीतसँग मिलेको टिप्पणी गरेका छन् ।

मुस्ताङमा खिचिएको यो गीतमा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनील थापा, माओत्से गुरुङ लगायतका कलाकारलाई देख्न सकिन्छ । फरक शैलीको यो गीत धेरैले रुचाएका छन् ।

यो गीत हिन्दी फिल्म ‘पद्मावत’ मा समावेश एक गीतसँग मिलेको टिप्पणी

‘सब प्रफेक्ट छ,’ एक प्रयोगकर्ताले कमेन्ट गरेका छन् । यस्तै अर्का प्रयोगकर्ताको कमेन्ट छ, ‘गीत निकै राम्रो लाग्यो, हामी ट्रेलरको प्रतीक्षामा छौं ।’

प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको यो फिल्म वर्षको प्रतीक्षित फिल्ममध्ये एक हो

हेरौ भिडियो:

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/oOJWButAVv0″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

 

 

प्रकाशित मिति २३ माघ २०७६, बिहीबार ०७:२१