पाथिभारा माताको दर्शन गर्दै  माग ८ गतेको राशिफल हेर्नुहोस !


वि.सं. २०७६ माघ ८ बुधबार। इ.स. २०२० जनवरी २२ ने.सं. ११४०
मेष – Aries

९८४१३५२१६४

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

बृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
छोटो समयमा मनग्गे फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। परिस्थिति अनुकूल रहे पनि सुविधाका लागि खर्च बढ्न सक्छ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
स्रोतसाधन जुटाउन केही खर्च र दौडधुप गर्नुपर्ला। पछिका लागि लगानी गर्नुपर्ने समय छ। खर्च लागे पनि दिन उत्साहजनक रहनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भं’ग हुन सक्छ।

कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन्

तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ।

बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।

धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। आफन्तजनबाट भने टाढिनुपर्ला।

मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ।

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार १६:२९