जीवनसाथी नभे’टेर नि’रास हुनुहुन्छ ? अब फेसबुकबाटै जोडी भेट्न सकिने !

१८ वर्ष भन्दा माथीका युवायुवतीले मात्र हेर्न पाउने यस एप्पमा सजिलै आफुलाई मिल्ने साथी खोज्न मिल्ने

फेसबुकले आफ्नो प्रयोगकर्ता माझ विभिन्न सुविधा ल्याउने क्रममा फेरि अर्को सुविधा ल्याएको छ ।अहिले दिइरहेको सुविधालाई थप्दै डेटिङ एप्प ल्याएको छ ।

फेसबुकले करिब एक वर्ष सम्म कोलम्बियामा परिक्षण गरेर अमेरिका लगायत २० देशमा डेटिङ एप्पको सुरुवात गरेको हो।

हालको लागी ब्राजिल, क्यानडा, कोलम्बिया, चिलि ,सिङगापुर, इक्वेटर गुवेना, लाहोस, मलेसिया, मेक्सिको, पारागुवे , पेरु, फिलिपिन्स , सुरिनाम थाइल्यान्ड, उरुग्वे तथा भियतनाममा लन्च गरेको सञ्चार माध्यमले बताएको छ । १८ वर्ष भन्दा माथीका युवायुवतीले मात्र हेर्न पाउने यस एप्पमा सजिलै आफुलाई मिल्ने साथी खोज्न मिल्ने छ ।

एक व्यक्तीले आफुलाई मन पर्ने जिवन साथी सजिलै पाउन सकिने व्यवस्था रहेको छ ।उक्त एप्पले कुनै प्रयोगकर्ताको फेसबुक प्रोफाइलमा राखिएका विवरणको आधारमा मिल्ने साथीसँग जोड्न सुझाव दिन्छ ।

प्रकाशित मिति २२ माघ २०७६, बुधबार ०७:१९