आकासमै बच्चा जन्मिएपछि विमानलाई आ’कस्मिक अवतरण

एजेन्सी
माघ २१, २०७६

मङ्गलबार दोहाबाट बैंककका लागि उडानमा रहँदा एक थाई महिलाले बच्चा जन्माएकी छिन् ।

कतार एअरवेजको विमानमा रहेका समय व्य‘था लागेपछि विमानका कर्मचारीको सहयोगमा ती महिलाले बिहान करिब तीन बजे बच्चा जन्माएकी थिइन् ।

विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको भने छैन । विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई भारतको कलकत्तामा नै आ’कस्मिक अवतरण गरेको बताइएको छ । विमान अवतरणपछि महिला र बच्चा दुबैलाई कलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ
आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १६:१९