जेरीको बिबाह संगै मण्डपमै गरे दोहोरी, बिहेकै दिन पनि सिन्दुर भन्दा दोहोरी प्यारो..हेर्नुहोस् भिडियो सहित ।

बैबाहिक बन्धनमा बाँधिएकी चर्चित दोहोरी गायिका जेरी लाई हार्दिक बधाई🥰🌹🌹🌹

छोटो समयमा नै लोक दोहोरी गाएर दर्शकहरुको मन मुटुमा बस्न सफल भएकी बबिता बानियाँ जेरी उपनामले प्रख्यात छिन।पछिल्लो समयमा जेरि बाचन गरि सके पछि झन दर्शकहरुको प्यारी बनेकि छिन्।

लोकदोहोरी जगतमा जेरि बबिता बानियाँ लाई नचिन्ने दर्शकहरु कमै छन्। हालसम्म कार्यक्रम को शिलशिलामा बिभिन्न देश बिदेश भ्रमण पनि गरिसकेकी छिन् र अब आउने प्रेम दिवसको दिन कृष्ण कडेल दाजुसंग इजरायल र मार्च ६ मा बहराइन कार्यक्रम को लागि जाने बताइन।बिबाहको अघिल्लो दिन सम्म पनि कार्यक्रम को लागि बिभिन्न महोत्सवमा जेरि ब्यस्त थिइन।

प्राय कार्यक्रमहरूमा जेरि ले दोहोरी गाउदा बिहे कहीले हो? को संग हो भनेर हैरान बनाइ टुक्का हान्नेहरू लाई भने यो पटक चाहीँ मुख मा बुझो नै लगाइदिएकी छिन्। २०७१ साल देखि प्रेममा रहिकी जेरि पारिवारिक सहमतिमा नै बिबाह बन्धनमा बाँधिएकी छिन। माघ २१ गतेका दिन कोहलपुर-३ बाँके निवासी कमल चन्द्र क्षेत्रि तथा हुमादेवि क्षेत्रि को सुपुत्र शंकर क्षेत्रि संग बिबाह बन्धनमा बाँधिएकी छिन्।
धुम्बाराही, काठमाडौं स्थित रहेको सूर्य क्याटरिङ एण्ड पार्टी प्यालेसमा बिबाह कार्यक्रम तय गरेका थिए।

नयाँ दम्पती बैबाहिक जीवनमा बाधिएका बबिता बानियाँ जेरि र शंकर क्षेत्रिलाई samachar batika परिबार को तर्फबाट पनि हार्दिक बधाई दिन चाहान्छौ। चर्चित दोहोरी गायिका बबिता बानियाँ जेरी बिबाहको दिन पनि केही मिडिया साथीहरू लाई अन्तर्वार्ता दिएकी छिन्।अन्तर्वार्ता को समयमा पनि केही टुक्का दोहोरी गाएकी छिन्।हेर्नुहोस् सुनौलो नेपाल को संवाददाता संग गरिएको रमाइलो कुराकानीः

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १५:४३