कोरोनाको महामा’रीः चीनमा एकै दिन ६४ जनाको मृ’त्यु, ज्यान गु’माउनेकाे संख्या ४ सय २६ पुग्यो

महामारी रोकथामको कामप्रति चिनियाँ नेतृत्व असन्तुष्ट

– चीनमा कोरोना भा’इरसबाट एकै दिन ६४ जनाको मृ’त्यु भएपछि मृ’तकको संख्या ४ सय २६ पुगेको छ ।

मंगलबार हङकङमा एक जना बिरामीको मृ’त्यु भएपछि चीनबाहिर मृ’त्यु हुनेको संख्या २ पुगेको छ । यस अघि फिलिपिन्समा पनि एक जनाको मृ’त्यु भएको थियो।सोमबार बिहानदेखि मंगलबार बिहानसम्म थप ६४ जनाको मृ’त्यु भएको चिनियाँ अधिकारीहरुले बताएका छन्

कोरोना भा’इरसको संक्रमणबाट २० हजार भन्दा बढी सं’क्रमित रहेको जनाइएको छ ।

भाइरस नियन्त्रणको प्रयास प्रभावकारी भएनः चिनियाँ शीर्ष नेतृत्व

चीनको शीर्ष नेतृत्वले वुहानमा महामारीको रुपमा फैलिएको प्रा’णघातक कोरोना भा’इरसको नियन्त्रणका लागि भएको प्रयासप्रति असन्तुष्टि जनाएको छ ।

प्रकोपसँग जुझ्ने क्रममा ‘सरकारी कमजोरी र अपूर्णता’ भएको चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्यहरुले बताएका छन ।

शक्तिशाली चिनियाँ कम्युनिस्ट पार्टीको ७ सदस्यीय स्थायी समितिले राष्ट्रिय आपतकालीन व्यवस्थापन प्रणालीको सुधार गर्नुपर्ने सुझाव समेत दिएको छ।

गैरकानुनी वन्यजन्तुको क्षेत्रलाई गम्भीरतापूर्वक हेरिनुपर्नेमा चिनियाँ शीर्ष नेतृत्व एकमत देखिएको छ । चमेरोबाट कोरोनो भा’इरस फैलिएको आशं’का गरिरहँदा त्यसको पुष्टि भए त्यसको प्रयोगमा नै प्र’तिबन्ध लगाउनेसम्मको तयारी भएको छ ।

अमेरिकासँग चीन आ’क्रोश

कोरोना भाइरसको प्रकोपलाई लिएर “त्रा’स फैलाउने गरी“ प्रतिक्रिया जनाएको भन्दै चीन सरकारले अमेरिकाको आलोचना गरेको छ ।

अमेरिकाले जनस्वास्थ्य सं’कट घोषणा गर्दै दुई सातायता चीन बसेका विदेशी नागरिकको आवागमनमा रोक लगाउने निर्णय गरेकोमा चीनले आपत्ति समेत जनाएको छ ।

अमेरिकाले प्र’तिबन्ध लगाए लगत्तै अस्ट्रेलियाले पनि आफ्नो देशमा चिनियाँ नागरिकको आवागमनमा प्रतिबन्ध लगाएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले खासमा यात्रुहरू अनौपचारिक रूपमा देश प्रवेश गरे त्यसले झन् भाइरसको स’ङ्क्रमण बढाउन सक्ने भन्दै सीमा बन्द गर्ने निर्णयप्रति सतर्क गराएको छ ।

अहिलेसम्म अमेरिका, अष्ट्रेलिया, जापान, जर्मनी लगायतका मुलुकले आफ्ना नागरिकलाई स्वेदश फर्काइसकेका छन् ।

वुहानका नेपाली अझै उद्दारको पर्खाईमा

कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट विभिन्न मुलुकहरुले आफ्ना नागरिक लगिसक्दा पनि नेपाल सरकार भने यहाँ ल्याएर राख्ने ठाउँ नटुंगिएको भन्दै आफ्ना नागरिक ल्याउन ढिलाई गरिरहेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले समेत यसबारे निर्क्यौल गर्न नसकेको खबरहरु बाहिरिएका छन् ।

यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पनि पत्रकार सम्मेलन गर्दै आज (मंगलबार) साँझसम्म ठाउँको निर्क्यौल भए बुधबार वुहानबाट नेपालीहरुलाई ल्याइने जनाएको छ ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १२:५३