कोरोना निको पार्ने खोप आविष्कार

वैज्ञानिक डा. केट ब्रोडरिक ।

२१ माघ २०७६
पोखरा : एक महिला वैज्ञानिक घा’तक कोरोना भा’इरसविरुद्धको खोप आविष्कार गर्ने अनुसन्धानमा जुटेकी छिन्। स्कटल्याण्डकी वैज्ञानिक डा. केट ब्रोडरिक कोरोना भा’इरसबाट बचाउन खोप आविष्कार गर्न कोसिस गरिरहेको एजेन्सीले जनाएको छ।

द टाइम्सको रिपोर्टअनुसार हिजोआज ब्रोडरिक दिनरात यही काममा व्यस्त हुन थालेकी छिन्। उनी रातमा २ घन्टामात्र सुत्‍ने गरेकी छिन्। ब्रोडरिक करिब २० वर्षदेखि खतरनाक रोगवि’रुद्धको खोप बनाउने काममा संलग्‍न हुँदै आएकी छिन्।यसअघि उनी इबोला, जीका जस्ताभयानक रोगविरुद्ध औषधि बनाउन सफल भएकी थिइन्।

अहिले उनी फेरि कोरोना भा’इरसविरुद्धको खोप बनाउन लागिपरेकी हुन्।उनले खोप तयार गरिसकेकी छिन्। मुसा र सुँगुरमा खोपको परीक्षण भइसकेको छ। उनले भनेकी छिन,’ आफ्नो सम्पूर्ण जीवनमा परिवर्तन ल्याउन काम गरिरहेकी छु र अहिले कोरोना भा’इरसबाट बच्‍न खोप बनाउँदैछु।’

डा.ब्रोडरिक अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा काम गर्छिन्। अनुसन्धानका लागि उनको एउटा टोली छ।उनले भनेकी छिन्, ‘रातमा २ घन्टा मात्र सुत्ने गरेका छौं।’ दुई सन्तानकी आमा ब्रोडरिकले बिदा मनाइरहेका बेला चीनको वुहानमा कोरोना भा’इरस फैलिएको जानकारी पाएकी थिइन्।चिनियाँ अधिकारीले कोरोना भा’इरसको आनुवंशिक कोड जारी गर्ने वित्तिकै उनले ३ घन्टाभित्र खोप तयार पारेको बताएकी छिन्।

उनका अनुसार खोप डिजाइन गरेको भोलिपल्ट तयारीका लागि कारखानामा पठाइएको थियो।डा.ब्रोडरिकको टोलीले बिल गेट्सद्वारा समर्थित संस्थाबाट रकम पनि पाएको थियो।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ०७:४०