अ’वैध सुनसहित १ जना प’क्राउ

माघ २१,

काठमाडौँ । मोरङ प्रहरीले अ’वैध सुनसहित एक जनालाई प’क्राउ गरेको छ ।
प’क्राउ पर्नेमा भारतको बिहार राज्यस्थित कटिहारका ६२ वर्षीय चन्दन भौमिक रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार अ’वैध रूपमा भन्सार छलि नेपालबाट भारततर्फ लाँदै गरेको ९२.५२० ग्रामको २ वटा सुनको चुरा सहित उनलाई विराटनगरको रानी भन्सार गेटबाट प’क्राउ गरिएको हो ।उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मान बहादुर राईले जानकारी दिए ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ०७:३४