कोरोना भा’इरस प्रकोप मृ’तकको संख्या ४२६ पुग्यो, २० हजारभन्दा बढी सं’क्रमित

२१ माघ , बेइजिङ –

चिनियाँ अधिकारीहरुका अनुसार सोमबार कोरोना भा’इरसका कारण थप ६४ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार सोमबार साँझसम्म चीनमा मात्रै कोरोना भा’इरसका कारण मृ’त्यु हुनेको संख्या ४२५ पुगेको छ । त्यस्तै फिलिपिन्समा एक जनाको मृ’त्यु भएको थियो । सोमबार मात्रै थप दुई हजार ३ सय ४५ मा कोरोना भा’इरसका सं’क्रमित फेला परेका छन् ।

चीनमा मात्रै २० हजारभन्दा बढीमा यसको सं’क्रमण देखिएको छ। हुबेईमा मात्रै १० हजार ९ सय ९० जना अस्पताल भर्ना भएको चिनियाँ अधिकारीले जानकारी दिएका छन्।

सोमबारसाँझसम्म चीनमा मात्रै २० हजार ४ सय ३८ जनामा कोरोना भा’इरसको सं’क्रमण पुष्टि भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ। चीनबाहिर विश्वका विभिन्न मुलुकमा करिब १८० व्यक्तिमा कोरोनाको सं’क्रमण देखिएको छ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ०५:४१