विवाहको १२ दिनपछि पामेलाको पाँचौं सम्वन्धवि’च्छेद

एजेन्सी

२१ माघ २०७६
हलिउडकी चर्चित नायिका पामेला एन्डरसनले यही जनवरी १९ मा निर्माता जोन पिटर्ससँग पाँचौं विवाह गरेकी थिइन्। तर विवाहको १२ दिनपछि पामेला र जोन अ’लग्गिएका छन्।

समाचारअनुसार पामेला ब्रे’क लिन चाहन्थिन्, त्यसैले उनले जोन पिटर्ससँग १२ दिनअघि भएको विवाह तोडिन्। जोन र उनका युनियनका सदस्यहरूबाट पाएको स्नेहबाट आफू निकै खुसी भएको पामेलाले बताएकी छिन्।

स्मरण रहोस्, जोन पिटर्सअघि पामेला एन्डरसनले चार विवाह गरिसकेकी छिन्। ५२ वर्षीया पामेलाले पहिलो विवाह अमेरिकी संगीतकर्मी टोमी लीसँग गरेकी थिइन्। विवाहको तीन वर्षपछि नै यी दुई अलग भए। त्यसपछि उनले किड रकसँग जोडी बाँधिन्

रकसँग वैवाहिक सम्बन्ध नराम्रो भएपछि उनले फिल्म निर्माता रिक सोलोमनसँग विवाह गरिन्। पछि उनको सोलोमनसँग पनि सम्बन्धविच्छेद भयो। सम्बन्धविच्छेद पछि पुनः साथै देखिए पनि सम्बन्ध धेरै दिनसम्म टिकेन।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ०३:४९