नक्कली कागजात बनाएर म्यानमार जान लागेका दुई नेपाली महिला प’क्राउ

२१ माघ, जनकपुरधाम ।
न’क्कली पासपोर्ट र कागजात बनाएर भारत हुँदै म्यानमार जान खोज्ने दुई जना नेपाली महिला प’क्राउ परेका छन् ।

प’क्राउ पर्नेहरुमा ३६ वर्षीया कविता घिसिङ र ३१ वर्षीया एस. सरस्वती रहेको भारतीय मिडिया द हिन्दूको अनलाइन संस्करणले लेखेको छ ।
समाचारमा उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन । उनीहरुलाई आइतबार साँझ म्यानमारका अध्यागमन अधिकारीहरुले अन्तर्राष्ट्रिय गेटमा खटिएका भारतीय अधिकारीहरुलाई नक्कली कागजातसहित जिम्मा लगाइदिएका थिए ।

उनीहरुविरुद्ध मणिपुरको सीमावर्ती शहर मोरेह प्रहरी स्टेशनमा घ’टनाबारे उ’जुरी दर्ता गरेर थप अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ०२:४४