दुखद खबर : सोमबारको ब्रत बसेकी २६ वर्षीया सन्तोशी बोहोराको ट्रकले लियो ज्यान

कैलाली, साउन १२ । कैलालीमा ट्रकले स्कुटरलाई ठ’क्कर दिदा युवतीको नि’धन भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बौनियामा ना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको निध’न भएको प्रहरीले जनाएको छ। उनी लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की स्थानीय हुन्।

ट्रक र चालक सुर्यराज चौधरीलाई नि’यन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति १२ श्रावण २०७७, सोमबार ०८:०५