सुन मूल्य प्रतितोला एक लाख नजिक, एकैदिन १२ सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्यले आज सोमबार फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

सुनको मूल्य प्रतितोला एक लाख नजिक पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज १२ सय रुपैयाँले बढेर प्रतितोला मूल्य ९७ हजार ५ सय पुगेको हो । यसअघि आइतबार उच्चमूल्य ९६ हजार ३ सय थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढेको महासंघले जनाएको छ ।

प्रकाशित मिति १२ श्रावण २०७७, सोमबार ०७:०७