प्रियंका क्याम्पनोउमा, बार्सिलोनाको पेजमा तस्वीर–भिडियो

प्रशिद्ध फुटबल क्लब बार्सिलोनाको आधिकारिक फेसबुक पेजमा नेपालकी नायिका प्रियंका कार्कीको फोटो राख्दै ‘वी लभ नेपाल’ लेखिएको छ।


आइतबार राति बार्सिलोनाको क्याम्प नोउ फुटबल स्टेडियममा बार्सिलोना र लेभान्तेको खेल हर्न प्रियंका कार्की र उनका प्रेमी आयुष्मान देशराज जोशी पुगेका थिए। सोही क्रममा नायिका कार्की आधिकारिक पेजबाट केही बेर लाइभ आएकी थिइन् । सोमबार बार्सिलोनाको फेसबुक पेजमा उनको तस्वीर राखेर ‘वी लभ नेपाल’ क्यापसन लेखिएको थियो।


‘नेपालमा बस्ने सबैलाई म यो भन्न चाहान्छु कि धेरै जना यहाँ आउन चाहनुहुन्थ्यो होला, तर म सबैको लागि यो सपना बाँडिरहेछु र यो अवसर म जिन्दगीभर विर्सन सक्दिन,’ उनले लाइभमा आउँदा बताएकी थिइन्।

उक्त खेलमा बार्सिलोनाले दुई गोल हान्दै लेभान्तेलाई पराजित गरेको थियो। लेभान्तेले एक गोल मात्रै हानेको थियो।

प्रकाशित मिति २० माघ २०७६, सोमबार १४:५५