बाजीमा लुडो खेलेको आ’रोपमा ७ जना प’क्राउ, नखेल्नुहोस तपाईपनि !

११ साउन, काठमाडौं । लकडाउनका बेला साथीभाइ जम्मा भएर लुडो खेल्न प्रवृत्ति मौलायो । समय व्यतीत गर्न सामान्यरुपमा लुडो खेल्नु सामान्य नै हो ।

तर, पैसा नै राखेर बाजी खेल्न थालेको पाइएपछि प्रहरीले ७ जनालाई प’क्राउ गरेको छ । काठमाडौं-१४, सुनारगाउँमा राजकुमार कार्कीको घरमा लुडो खेल्ने र खेलाउने गरेको अभि’योगमा उनीहरुलाई प’क्राउ गरिएको हो । कार्कीले पाँच हजार रुपैयाँ लिएर लुडोको बाजी खेलाउने गरेको पाइएको जनाइएको छ ।

उनीहरुको साथबाट ८७ हजार ५० हजार रुपैयाँ पनि ब’रामद भएको महानगरीय प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुगम कुँवरले बताए । उनीहरुले ३५ हजार रुपैयाँसम्मको बाजी खेल्ने गरेको पाइएको छ ।

प्रकाशित मिति ११ श्रावण २०७७, आईतवार ०८:३४