अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी छोरी इभांकामाथि स्त’न प्र’त्यारोपणका लागि द’बाब दिने गरेको खुलासा भएको छ । हालै प्रकाशित एक किताब ‘ Born Trump: Inside America’s First Family’ मा यसबारे खुलासा भएको हो ।
किताबकी लेखिका एमिली जेन फक्स इभांकालाई किशोरावस्थादेखि नै मोडल बन्ने इच्छा भएको बताउँछिन् । यसका लागि उनले हरेक वर्ष ४४ हजार डलर फोटोसूटमा खर्च गर्ने गरेको फक्सले बताएकी छिन् ।
उक्त किताबमा डोनल्ड र उनको परिवारबारे विभिन्न जानकारी दिइएका छन् ।
किताबमा लेखिए अनुसार छोरीको मोडलिङको प्यासनलाई ट्रम्पले प्रोत्साहित गर्दथे । ट्रम्पलाई मोडलिङमा सहयोग होस् भन्नका लागि उनी सधैं इभांकालाई स्त’न प्रत्यारोपणका लागि द’बाब दिने गर्दथे ।
डोनल्डको लगातारको द’बाब पछि उनकी बहिनी मेरियानले उनलाई फोन गरेर स्त’न प्रत्यारोपाणले छोरीलाई ब’र्बाद बनाउने भन्दै यसो नगर्न सल्लाह दिएकी थिइन् ।
कक्षा छोडेर चुरोट खान्थिन्ः
फक्सले आफ्नो किताबमा लेखेको जानकारी अनुसार जब इभांका वार्टन कलेजमा थिइन् तब बिहान ९ बजे स्टेटिस्टिक क्लासबाट लुकेर बाहिर जान्थिन् र चुरोट खाने गर्थिन् ।
जब ड्रग्स टेस्टमा पक्राउ परिन् इभांकाः
इभांकाको किशोरावस्थाको एउटा किस्सा अमेरिकामा निकै चर्चित छ । जब इभांका कोएट स्कूलमा पढ्थिन् तब एक पार्टीको आयोजना गरिएको थियो ।
उक्त पार्टीमा ड्रग्स लिएका कारण केही दिनका लागि उनलाई स्कूलमा प्र’तिबन्ध लगाइएको थियो जबकी अन्य विद्यार्थीलाई भने सस्पेन्ड गरिएको थियो । त्यतिबेला मानिसहरुले इभांकालाई ट्रम्पकी छोरी भएकाले विद्यालयबाट ननिकालिएको भन्दै आ’लोचना गरेका थिए ।
‘स्कूलमा हेलिप्याड बनाउ’
फक्सले आफ्नो किताबमा लेखेकी छिन् – जब इभांका कोएट स्कूलमा पढ्थिन् तब डोनल्ड ट्रम्पले स्कूलमा हेलिप्याड बनाउन आदेश दिएका थिए । इभांकालाई विकेन्डमा न्यूयोर्क लैजानका लागि ट्रम्पले स्कूललाई यस्तो आदेश दिएका थिए ।