धार्मिक मान्यता : शनिबार गर्न नहुने ५ काम

शनिवारको दिन शनिदेवको विशेष दिन हो । शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ ।

ज्योतिषीय मान्यता अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी छ ।

शनिवारको दिन केही काम गर्न व’र्जित गरिएको छ –

१ आपँको अचार खानबाट बच्नुहोस् । काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको वि’रोधी हुन् । शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

२ शनिवारको दिन र’क्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन । शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।

३ शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन । नुनको खरिद पनि शनिवार ब’र्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।

४ काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ । शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।

५ शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन ।

सगै सो पनी पढ्नुहोस:

यस्ता गुण भएकी नारी घरमा छिन् भने मान्नुस् तपाईंको घर स्वर्ग समान

जुन नारी मीठो बचन बोछिन्, जुन नारीको आवाज मधुर छ र हरेक क्षण मायालु बोली÷ब्यवहार दर्शाउँछिन् भने त्यस्ता नारी भएको घर स्वर्गसमान हुन्छ ।

कुनैपनि घरमा आस्तिक, सेवा भाव राख्ने, क्षमतावना, दयावान र कर्तव्य पालना गर्ने नारी छिन् भने मान्नुस् त्यो घर स्वर्ग समान हुन्छ ।

जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् त्यस्तो घर पनि सुन्दर बगैंचा जस्तै हुन्छ ।

जो नारीले घरमा आएका पाहुनालाई हार्दिकताका साथ स्वागत गर्छीन् भने त्यो घरमा पनि देवताका बास हुन्छ ।

अर्काको दुखमा सहयोग गर्ने नारीले पनि आफ्नो घर उज्यालो बनाउन सक्छन् ।

जुन नारी हरेक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् भने त्यस्तो नारी भएको घर एकदमै आनन्ददायी हुन्छ ।

पतिव्रत धर्मको पालना गर्ने नारी भएको घरमा पनि कहिल्यै झ’गडा पर्दैन ।

प्रकाशित मिति १० श्रावण २०७७, शनिबार ०३:०५