कुवेत जान लागेका युवक ब’लात्कारको आ’रोपमा विमानस्थलबाटै प’क्राउ

पेखरा, माघ २०

ब’लात्कारको आ’रोपमा एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प’क्राउ परेका छन्। कुवेत जाने क्रममा रहेका धादिङ गजुरी ८ बस्नेतगाउँका हरिकृष्ण भनिने हेमनसिंह बस्नेत प’क्राउ परेका हुन्।

हेबी इक्वीपमेन्ट चालक रहेका बस्नेतमाथि ब’लात्कारको आ’रोप छ। गत जेठ १४ गते आफ्नै गाउँमा बाटो खन्ने काममा रहेका हेमनले गजुरी हलेदेखोलास्थित स्थानीय १६ वर्षीय युवतीलाई ब’लात्कार गरेको प्रहरीले जनाएकाे छ। हलेदेखोलास्थित युवतीको घर गई जेठ १४ गते राति ३ बजे हेमनले ढोका फोडेर कोठाभित्र प्रवेश गरी युवतीमाथि ब’लात्कार गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

बोल्न कराउन नसक्ने गरी युवतीको मुख थु’नेर हेमनले ब’लात्कार गरेको प्रहरीको भनाइ छ। सो समयदेखिनै फ’रार रही भारतका विभिन्न क्षेत्रमा लु’किछिपी बस्दै आएका उनी आज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी वैदेशिक रोजगारको लागि कुवेत जाने क्रममा थिए।
विमानस्थलबाटै उनलाई नि’यन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। आवश्यक कानुनी कारवाहीको लागि उनलाई आजै जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार ०९:१६