नारायण गोपालको गीत नजान्दा दुर्गेश थापा बने ट्रो’लको सि’कार (भिडियो सहित)

काठमाडौं साउन / पछिल्लो समय चर्चामा रहेका गायक तथा मोडल दुर्गेश थापा एक अन्तर्वार्ताका कारण ट्रो’लको सि’कार बनेका छन् । बिहिवार राति प्राइम टाइम टेलिभिजनको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा दिएको एक अन्तर्वार्ताका कारण थापाको अहिले आ’लोचना भइरहेको छ ।

वरिष्ठ पत्रकार ऋषि धमलाले कार्यक्रमको आठौं मिनेटमा स्वर सम्राट नारायण गोपालको गीत गाउन लगाउँदा दुर्गेश थापाले भक्तराज आचार्यको गीत गाएका थिए ।

त्यस्तै कार्यक्रममा दुर्गेश थापाले ‘ओराली लागेको हरिणको चाल भो’ भन्ने गीत यम बरालको हो भन्न भ्याएका थिए , तर यो गित रामकृष्ण ढकालको हो । जुन गीतले रामकृष्ण ढकालको सांगीतिक यात्रामा छुट्टै पहिचान बनाएको थियो ।

दुर्गेश थापाको नयाँ गीत बिच्च बिच्चमा ३ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा रहेको छ भने बिच्च बिच्चमा २ “एउटा फोटो खिच’ बोलको गीतपनि चर्चामा रहेको छ ।

हेरौ भिडियो:

प्रकाशित मिति ९ श्रावण २०७७, शुक्रबार १२:२७