२४ घन्टामा १३३ जनामा को’रोना सं’क्रमण पुष्टि, १०७ जना डिस्चार्ज

काठमाडौं : शुक्रबार थप १३३ जनामा को’रोना भा’इरस (कोभिड -१९) संक्र’मण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल सं’क्रमितको संख्या १८ हजार ३७४ पुगेको हो ।

बुधबार १०० जना र बिहीबार १४७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०७ जनाले को’रोना जितेर घर फर्किएका छन्।

योसहित को’रोना जित्नेको कुल संख्या १२ हजार ९४७ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा जनाको पीसीआर नमुना परीक्षण भएका छन् ।क्वारेन्टाइनमा रहनेको संख्या १९ हजार ४ सय ४४ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ३८३ जनाको उपचार भइराखेको छ ।

प्रकाशित मिति ९ श्रावण २०७७, शुक्रबार १०:४२