अक्षयले २ हप्ताको सुटिङका लागि लिए २७ करोड पारिश्रमिक

भारतीय मिडियाका अनुसार आनन्द एल रायको निर्देशनमा बन्ने फिल्म ‘अतरंगी रे’को सुटिङका लागि अक्षयले २७ करोड पारिश्रमिक लिएको जानकारी गराएको हो ।

नायक धनुष र नायिका साराअली खानको मुख्य भूमिका रहने फिल्ममा अक्षयको विशेष भूमिका रहेको छ ।

यो फिल्मका लागि अक्षयले २ हप्ताको मात्र समय दिनेछन् । यो फिल्म सान् २०२१ को भ्यालेन्टाइन्स डेको दिन रिलिज गरिने बताइएको छ ।

अतिथि भूमिकामा देखिनका लागि एक चर्चित नायकको खोजीमा रहेका आनन्दले पहिले ऋतिक रोशनलाई चलचित्रका लागि अफर गरेका थिए ।

तर, ऋतिकले चलचित्रमा काम गर्न नमानेपछि अक्षयलाई अफर गरिएको थियो । फिल्मका लागि अक्षयले महंगो पारिश्रमिक लिएपछि यसले धेरै चर्चा पाइरहेको छ ।

अतरंगी रे’ अघि ‘बेलबटम’ को छायांकनका लागि अक्षय अगष्ट महिनामा लण्डन जाने तयारीमा छन् ।

लकडाउनपछि विदेशमा फिल्मको छायांकन गर्ने पहिलो नायकसमेत अक्षय हुन् ।

यो चलचित्रको छायांकन सकेर भारत फर्किएपछि उनले ‘अतरंगी रे’ र ‘पृथ्वीराज’ को छायांकनका लागि समय दिनेछन् ।

प्रकाशित मिति ९ श्रावण २०७७, शुक्रबार ०९:५१