छतबाट खसेर बालिकाको मृ’त्यु

२० माघ २०७६
बागलुङ : बागलुङ नगरपालिका १ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको ज्या’न गएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ८ लेखानी घर भएका बिमला बिककी १५ महिनाकी छोरी दिपसिना बिकको घरको छतमा खेल्दै गर्दा खसेर मृ’त्यु भएको हो।

रामरेखामा आफन्तको घरमा भेटघाटका लागि आएको बेला आइतबार एक तला माथिबाट भुँइमा लडेर बिक ग’म्भीर घा’इते भएकी थिइन्

उनलाई तत्काल धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालले आइतबार राती मृ’त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।

प्रकाशित मिति २० माघ २०७६, सोमबार ०६:१३