२० लाईनहरु, जसले तपाईको मन छुन सक्छ

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै २० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी २० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. उज्यालोमा त कोहि न कोहि भेटि नै हाल्छ, खोज त त्यस्तो मान्छेको गर जसले अध्याँरोमा पनि तिमीलाई साथ दिन्छ ।

२. या त आफै मेहेनत गरेर आफ्नो भाग्य लेख नत्र परिस्थितिले तिम्रो भाग्य लेखिदिने छ ।

३. जब कसैले तिमीलाई गिराउन खोज्छ तब यो मान्नु कि तमी त्यो भन्दा माथी रहेछौ ।

४. यदि तपाई भित्रको मान्छेले तपाईमाथी बिश्वास गर्छ भने बाहिरको मान्छेले तपाईको सफलतालाई रोक्न सक्दैन ।

५. मिठो मह बनाउने माहुरीले पनि डस्न सक्छ, त्यसैले होसियार रहनु, धेरै मिठो बोल्ने मान्छेले पनि तिमीलाई हा’नी पुर्याउन सक्छ ।

६. जीवनमा दुई प्रकारका मान्छेहरु असफल हुन्छन्, एउटा जो सोच्छन् तर गर्दैनन् र अर्को जो गर्नु भन्दा पहिले सोच्दैनन् ।

७. आफ्नो दुखलाई आफै भित्र राख्नु किनकि दुनियामा त्यस्तो मान्छेहरु पनि छन् कि तिम्रो दुखलाई रोई रोई सोध्छन् र हाँसी हाँसी दुनियालाई सुनाउछन् ।

८. जसलाई सपना देख्ने सोक छ उसलाई रात छोटो लाग्छ र जसलाई सपना पुरा गर्ने सोक छ उसलाई दिन छोटो लाग्छ ।

९. आफ्नो बारेमा अरुले बकवास गर्दा पनि जवाफ नदिनेहरुलाई कमजोर नसम्झनु किनकि तिनीहरु हिलोमा ढुंगा हान्न नचाहने समझदारहरु हुन्, त्यसैले त यिनीहरुको मन र कपडा सधै सफा हुने गर्दछ ।

१०. जिन्दगीको दौडमा यो जरुरी छैन कि तिमी अगाडी नै हुनुपर्छ र सबैलाई पछाडी पार्नु पर्छ भन्ने जरुरी त तिम्रो दौडमा सामिल भएर दौदिनुमा छ, थाकेर लड्नु र फेरी उठ्नुमा छ किनकि जिन्दगीको यहि रित हो जो आज अन्तिम छ भोली प्रथम पक्का हुन्छ बस निरन्तर दौडिनु जरुरी छ ।

११. गाली आकाशमा फालिएको एउटा ढुंगा जस्तै हो जुन फेरी फर्किएर आफै माथी आउछ ।

१२. जसको आखामा घ’मण्डको पर्दा हुन्छ उसले न त अरुको गुण देख्छ न त आफ्नो बैगुण देख्छ ।

११३. नराम्रो काम यसकारणले बढ्ने हैन कि त्यसमा धेरै बल छ, यसकारणले बढ्छ किनकि मान्छेले त्यसलाई सहने गर्छन् ।

१४. आज तिमी जे छौ त्यो तिम्रो हिजोको सोचको परिणाम हो र भोली तिमी जे हुनेछौ त्यो तिम्रो आजको सोचले निर्धारित गर्दछ ।

१५. बन्नु छ भने पानी जस्तो बन जो आफ्नो बाटो आफै खोज्ने गर्छ, ढुंगा जस्तो हैन जो अरुको बाटो पनि रोकिदिन्छ ।

१६. मान्छेले कुनै पनि चिजको महत्व दुइ पटक मात्र बुझ्दछ, एक पटक पाउनु भन्दा पहिला र अर्को पटक गुमाईसके पछी ।

१७. दुनियाले बि’रोध गर्यो भन्दैमा नड’राउनु किनकि जुन रुखमा फल लाग्छ मान्छेले त्यसैमा ढुंगा हान्ने गर्दछन् ।

१८. एउटा राम्रो मन लाखौ राम्रो अनुहार भन्दा राम्रो हुन्छ, रोज्नु छ भने मन हेरेर रोज्ने गर, अनुहार हेरेर होइन ।

१९. मान्छेको सम्मान ति शब्दले हुदैन जुन उसको उपस्थितिमा भन्ने गरिन्छ, मान्छेको सम्मान त ति शब्दले हुन्छ जुन उसको अनुपस्थितिमा भन्ने गरिन्छ ।

२०. नदीमा खस्दैमा मृत्यु हुदैन, मृत्यु त तब हुन्छ जब पौडिन आउदैन, ठिक त्यसैगरी कुनै पनि परिस्थिति आफैमा समस्या हुदैन, समस्या त तब बन्छ जब तिमीलाई सम्हाल्न आउदैन ।

प्रकाशित मिति ९ श्रावण २०७७, शुक्रबार ०६:४६