प्रकाश पराजुली को”छोरी पाइनौ किन” तिज गीतले युटुबमा  राम्रो  प्रतिकृया पायो ( भिडियो सहित)

काठमाडौं असार- नेपाली गीत संगीतको क्षेत्र मा आफ्नो छुट्टै पहिचान बनाउन सफल बुलन्द आवाजका धनी गायक प्रकाश् पराजुलीको तिज गीत” किन पाइनौ छोरी“सार्बजनिक भएको छ।

गायक पराजुलीले तिज गीत “शितलु” सार्बजनिक गरेको हप्ता दिन नपुग्दै फेरि अर्को तिज को कोसेली हिन्दु नेपाली नारिहरु को महान चार्ड तिज को अवसर पारेर “छोरी पाइनौ किन” तिज गीत सार्बजनिक गरेका हुन।उक्त गीत ले यस बर्ष छोटो समयमै  लाखौं दर्सक श्रोताको मन जित्न सफल भएको छ।

सोही गीत लाई दर्सक श्रोताहरुले असाध्यै मन पराएका छन।गीत मा कुनै खो’ट लगाउने ठाउँ नभेटिएको हुदा युटुब लगायत अन्य धेरै ठाउमा पनि असाध्यै राम्रो कमेन्ट पाएको छ।गीत दिदी, बहिनी बिनाको अधुरो दाजु भाइ लाई धुरुक्कै रुवाउने विषय बस्तु लाई समेटेर तयाएर पारिएको छ।

गीत मा स्वर गायक प्रकाश पराजुली,रबिन लामिछाने र गायिका मिना बुढाथोकी को रहेको छ।संगीत प्रकाश पराजुली, शब्द,कोरियोग्राफी तथा निर्देशन रबिन लामिछाने को रहेको सोही गीतमा संगीत संयोजन बिनोद बाजुरेली ले गरेका छन।

भिडियो सम्पादन मनोज कार्की छायांकन करण चैसिरले गरेको उक्त गीतमा रश्मि भट्ट,अनिता बस्नेत,शितल शर्मा,रबिन लामिछाने,प्रकाश पराजुली,खेम नेपाली को अभिनय तथा नृत्य हेर्न सकिन्छ।तिज गीत” छोरी पाइनौ किन” रबिन लामिछाने नामक अफिसियल युटुब च्यानल बाट सार्बजनिक भएको हो। गीतको

पूरा भिडियो हेर्नुहोस:

प्रकाशित मिति ८ श्रावण २०७७, बिहीबार १६:१५