बधाई रुपा र कृष्ण वलीलाई सन्तान लाभ..

काठमाडौं/ रुपा र कृष्ण वलीको जोडी सामाजिक सञ्जालमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेरणा दिने खालको छ । रुपा र कृष्ण कलियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन ।


हाल यो जोडीको लागि निकै ठुलो खुशी प्राप्त भएको छ । यी २ को सन्तान प्राप्ति भएको छ । पहिलो सन्तान स्वरूप जोडीको छोराले जन्म लिएको छ । यो खुशीलाई उनीहरुका सुभाचिन्ताकहरुले पनि सामाजिक संजालमा ब्यक्त गरिरहेका छन् ।

निकै अप्ठेरो अवस्थामा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दुखद् अवस्थावाट पार भएका छन् ।

हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् । आफ्नो जिवनमा आएको सबैभन्दा खुसीको क्षण सार्वजनिक गर्दै रुपाले आफुलाई आशिर्वाद दिन भनेकी छन् ।

 

 

 

प्रकाशित मिति ७ श्रावण २०७७, बुधबार १४:४०