बुवाआमालाई गो’ली हान्ने ल’डाकुसँग रा’इफल लिएर एक्लै भि’डिन् अफगान किशोरी र ह’त्यारामध्ये तीन जनालाई मा’रिन्।

१६ वर्षीया अफगानी किशोरीले आफ्ना आमाबुबाको ह’त्या गर्ने तीन तालिवानी लडा’कुलाई गो’ली हानेर मा’रिदिएकी छन्। गत साता ४० तालिवानी लडा’कु घोर प्रान्तको जिरिभे गाउँ पसेका थिए।

जुलाई १७ मा ल’डाकुहरू कमार गुलको घरमा पनि आएका थिए। त्यतिबेला उनी आमाबुवा र भाइसँग सुतिरहेकी थिइन्।
‘ती वि’द्रोहीहरू राति १ बजे उनीहरूको घरमा गएका थिए। ढोका ढक्ढक्याएपछि गुलकी आमा ढोका खोल्न पुगेकी थिइन्,’ प्रान्त सरकारका प्रवक्ता मोहम्मद अरेफ अबेरले भने,’तर तिनीहरूसँग हति’यार देखिपछि उनले ढोका खोल्न मानिनन्।’

वि’द्रोहीले केहीबेरमै उनलाई गो’ली हा’नेर मा’रेका थिए। आमाको ह’त्या गरेलगत्तै उनीहरू भित्र छिरेर गुलका बुबालाई समेत गो’ली हाने।

आफ्ना आमा र बुबाको ह’त्याको प्रत्यक्षदर्शी बनेकी गुलले त्यसपछि बुवाको रा’इफल समातिन् र ती वि’द्रोहीसँग भि’डिन्।
प्रवक्ता अबेरका अनुसार भाइ हबिबुल्लाहलाई छेउमा राखेर गुल ती ल’डाकुहरूसँग भि’डेकी थिइन्। एक घन्टापछि उनले आफ्ना आमाबुबाका ह’त्यारामध्ये तीन जनालाई मा’रिन्।

त्यसपछि अरू वि’द्रोहीहरू पनि भी’डन्तमा सामेल भएका थिए। तर केही समयपछि गाउँले र सरकार समर्थित लडा’कुहरूको सहयोगमा वि’द्रोहीहरूलाई ल’खेटिएको थियो।

हबिबुल्लाहलाई छेउमा राखेर गुल ती ल’डाकुहरूसँग भि’डेकी थिइन्। एक घन्टापछि उनले आफ्ना आमाबुबाका ह’त्यारामध्ये तीन जनालाई मा’रिन्।

अफगानी अधिकारीहरूले अहिले कमार गुल र उनका भाइलाई सुरक्षित स्थानमा लगिसकेका छन्।

‘उनीहरू दुई दिनसम्म म’र्माहत थिए र धेरै बोल्नसमेत सकेका थिएनन् तर अहिले उनीहरू अवस्था ठिक छ,’ अबेरले भने।
अबेरका अनुसार उनीहरू बेसेको गाउँमा गुलका सौ’तेनी भाइबाहेक आफन्त छैनन्।

अफगान सरकारले कमारको बहादुरीको क्याबिनेट बैठकमा समेत प्रशंसा गरेको छ। राष्ट्रपति असरफ घानीले ती दिदी-भाइलाई राष्ट्रपति भवनमा बोलाएका छन्।

घट’ना भएको दिनदेखि गुलले स्कार्फ लगाएको र काखमा ब’न्दुक बोकेको तस्विर भा’इरल भएको छ।

प्रकाशित मिति ७ श्रावण २०७७, बुधबार ०८:४१