आज लोकप्रिय गायक रामकृष्ण ढकालको जन्मदिन

काठमाडौं, साउन ७ । लोकप्रिय गायक गायक रामकृष्ण ढकाल फेरी एक पटक माया जदौ बोलको गीतबाट चर्चामा छन् ।

ओराली लागेको हरिणको चाल भो, माया गर्नेको,बिहान उठ्ने बित्तिकै, जीन्दगीले यसरी, मन पराउने हजार, हीरा का’ट्ने, दीलको कुरा नगर, लगायतका कैयौँ कालजयी हिट गीतका उनै गायक ढकालको आज जन्मदिन परेको छ ।

आजबाट गायक ढकाल ४६ औं वर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । सात बर्षको उमेरदेखी नै गीत गाउन शुरु गरेका गायक ढकालले सयौँ चलचित्र, आधुनिक, गजलमा स्वर दिएका छन् भने आफ्ना पनि दर्जनौँ एल्बम बजारमा ल्याएका छन् ।

पत्नि निलम र छोरीसँगै बस्दै आएका गायक ढकालले विभिन्न रियालिटी शोहरुमा पनि जज भएर काम गरिसकेका छन् । लोकप्रिय गायक ढकाललाईहाम्रो तर्फ बाट पनि जन्मदिनको लाखौँ लाख शुभकामना

प्रकाशित मिति ७ श्रावण २०७७, बुधबार ०८:२३