नेपालले अयोध्याको खोजी थाले’सँगै श्रीलंकाले थाल्यो रावणको अध्ययन, भारतमा भयो तरंग

प्रधान’मन्त्री केपी ओलीले भगवान राम’को जन्मस्थल ‘वास्तविक अयोध्या’ नेपालमै रहेको दावीसँगै पुरातत्व विभागले पर्साको ठोरीमा अध्ययन सुरु गरेको छ ।

नेपालले भगवान राम र अयोध्या’को विषयमा अध्ययन सुरु गरेसँगै तरंगित भएको भार’तमा श्रीलंकाले अर्को तरंग ल्याइदिएको छ । यही समय श्रीलंकाले पनि रावणका विषय’मा अध्ययन थालेको छ ।

श्रीलंकाले रावणलाई हवाइज’हाज उडाउने प’हिलो व्यक्ति (सम्भवतः पहिलो पाइलट) प्रमाणित  गर्नको लागि प्रमाण जुटाउन थालेको छ ।

श्रीलंकाको नागरि’क उड्डयन प्राधि’करणले सूचना प्रकाशित गरेर देशका नागरिकहरुसँग राजा रावण र उनले प्रयोग गर्ने हवाइ मार्गको बारेमा आफूसँग भएका दस्तावेज, ग्रन्थ वा अन्य जान’कारी उपलब्ध गराउन भनेको छ ।

श्रीलंकामा राव’णलाई देशका एक विद्वान र बहादुर रा’जाको रुपमा हेरिन्छ । सिंहल बौद्धको एक समूहले आफूलाई रावणकै सन्तति मान्छन् ।

प्राधिकरणले रावणका विषयमा धेरै कथा’हरु प्रचलित रहे पनि यिनीहरुको प्रमाणिकता पुष्टि गर्न चाहेको बताएको छ । रावणलाई हिन्दू धर्ममा खलना’यकका रुपमा वर्णत गरिए’को भए पनि श्रीलंका’को सिंघल बौद्ध समुदायले भने रावणलाई आस्थाको दृष्टिले हेर्छन् ।

श्रीलंकामा राव’णलाई देशका एक विद्वान र बहादुर रा’जाको रुपमा हेरिन्छ । सिंहल बौद्धको एक समूहले आफूलाई रावणकै सन्तति मान्छन् । श्रीलंकाले आफ्नो पहिलो भू उपग्रह’को नाम पनि रावण–१ राखेको थियो । – डिसी नेपाल

प्रकाशित मिति ७ श्रावण २०७७, बुधबार ०३:२९