पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना सं’क्रमण पुष्टि हुँदा ६०९ जना कोरोना सं’क्रमणमुक्त  भए

काठमाडौं- नेपालमा मंगलबार थप १५० जनामा कोरोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना सं’क्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

२७ वटा प्रयोगशालामा ३९६३ जनाको पसीआर परीक्षण गरिएकोमा १५० जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म सक्रिय सं’क्रमितको संख्या ५ हजार ४७७ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना सं’क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्र’मण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार १०:५०