माइत हिडेकी अन्जनालाई खोलाले बगायो, श्रीमान अस्पताल भर्ना

तेह्रथुममा खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान भाग्यले बचेका छन् ।

तेह्रथुमको लागीगुराँस नगरपालिका–९ सोल्मामा सोमबार भालुखोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ की ३७ वर्षीया अञ्जना लिम्बूको मृ’त्यु हो । उनका श्रीमान घा’इते भएको प्रत्यक्षदर्शी निरबहादुर लिम्बूले जानकारी दिएका छन् ।

सोमबार बिहान आफन्तकोमा जान भनि छथर गाउँपालिकाको सुदाप हिंडेका तीन जनामध्ये दम्पतीलाई दिउँसो १२ बजेतिर एक्कासी माथिबाट आएको खोलाले बगाएको थियो । खोलाले अञ्जनालाई बगाएर करिब ४ सय मिटर तल पुर्‍याएको र उनका श्रीमान भेषराज लिम्बूले एक सय मिटर तल नपुग्दै बुट्याउन समाउन पाएकाले ज्यान जोगाएका थिए । तर उनी ग’म्भीर घा’इते भएका छन् ।

अविरल वर्षाका कारण खोलमा बाढी आएको र तीनै जनाले एउटा लौरो समाएर पारी तर्ने क्रममा गहिरो भौडीको कारण दुई जना अकस्मात पानीको छालसँगै बगेको र हतार हतार ढुंगा समाउन पाएको कारण आफूलाई खोलाले बगाउन नसकेको अर्का व्यक्ति निरबहादुर लिम्बूले बताएका छन् ।

अञ्जनालाई खोलाले बगाएपछि उनको खोजी गर्दै जाँदा करिब ४ सय मिटर तल खोलाको किनारमा मृ त अवस्थामा स्थानीयले भेटाएका थिए । मृ’तकको पोष्टर्माटमका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार ०९:३०