कोरोनाका कारण अन्तिम सास लिँदै थिइन् आमा, छोराले आइसीयूको झ्यालमा चढेर जब विदाइ गरे त्यसपछी …

काठमाडौं। कोरोना भा’इरसका कारण एक छोरा आफ्नी आमासँग बिछोडिएको द’र्दनाक तस्वीर सार्वजनिक भएको छ । घट’ना प्यालेस्टाइनको हो । एक महिला को’रोना भा’इरसबाट सं’क्रमित भएपछि उनको अस्पतालमा उपचार भइरहेको थियो । सं’क्रमण फैलन सक्ने खत’राका कारण उनका छोरालाई आमासँग जान दिइएन ।

त्यसपछि ती छोरा हरेक दिन आइसीयूको झ्यालमा चढेर आमालाई हेर्ने गर्थे ।जबसम्म महिला जीवित रहिन् त्यतिबेलासम्म यो सिलसिला चलिरह्यो । आमा अस्पतालको बेडमा हुन्थिन् र छोरा घण्टौं झ्यालमा बसेर आमालाई नियालिरहेकी हुन्थे ।

अस्पतालको आइसीयूको झ्यालमा बसेर आमालाई नियालिरहेका छोराको तस्वीर सामाजिक संजालमा भा’इरल भइरहेको छ । स्थानीय समाचार वेबसाइट अल नाका अनुसार बेइट आभा शहरका प्यालेस्टाइनी युवक जिहाद अल सुवातीले हेब्रोन अस्पतालको आइसीयूको झ्यालमा चढेर आफ्नी आमालाई अन्तिम विदाइ गरे ।

उपचारको क्रममा महिलाको अस्पतालमा मृ’त्यु भएको हो । प्यालेस्टाइनमा ७३ वर्षकी महिला रश्मी सुवितीको बिहीबार निध’न भएको थियो । आफ्नी आमालाई हेर्नको लागि अस्पतालको झ्यालमा चढे । उनी झ्यालमा चढेका बेला कसैले उनको तस्वीर लिए र सामाजिक संजालमा शेयर गरेका थिए ।

प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार ०६:३८