दुधाैली १४ मा विधुत नाप्ने कर्माचारीको यस्तो मनपरी..

धनराज श्रेष्ठ, दुधाैली / सिन्धुलीकाे दुधाैली नगरपालिका १४ मा विधुत प्राधीकरणले मनपरी महशुल्क लिनेगरेको खुलेको छ । दुधौली नगरपालिका १४ ककुरठाकुरमा विद्युत प्राधीकरणले मिटरमा उठेको भन्दा १० युनिट बढी महशुल लिने गरेको खुलेको हो ।

नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को परिच्छेद ३ (घ) अनुसार विधुत महसुल बाहेक ग्राहकबाट मिटर जडान, मिटर ठाँउसारी, नामसारी, क्षमता वृद्धि लगाएत सेवा शुल्क निर्धारण गर्ने भनिएपनि दुधौलीको यस वडामा भने मिटरमा उठेको रकम भन्दा १० युनिट बढीको महसुल लिने गरेको पाइएको हो ।

भौगोलीक दृष्टीकोणले वि’कट र विद्युत प्राधिकरणको शाखा टाढा रहेकोले मिटर जाच्ने व्यक्तीलेनै पैसा उठाएर बुझाइदिए बापत प्रति मिटर २० रुपियाको दरले प्रतेक महीन गाडी भाडा भन्दै उठाउने गरेको सेवाग्राही दान बहादुर सार्कीले बताउनु भयो ।

गाउमा महशुल तिर्न कुनै सुविधा नभएको र महसुल बुझाउन जान ३ घण्टा पैदल यात्रा गर्नु पर्ने भएकाले हामीले २० रुपिया दिएका हौ र अहिले २० रुपिया बाट ३० रुपया लिन थालेकोछ यस्तो गर्न नहुने हो , स्थानिय राग बहादुर सार्कीले भन्नु भयो ।

अर्का सेवाग्राही लिला बहादुर श्रेष्ठ भन्छन हामि पढेलेखेको छैनौ तपाइको यो महिनामा यति रुपिया आयो भन्छन नदिउ भएन दिनै प¥यो के गर्नु ,। साचै एकजना ग्राहक को असार महिनाको बिल हेर्दा गलत जोडाइले १० युनिटको फरक भएटियो ।

यस बारे विद्युत प्राधिकरण फियुज साखा दुधौलीका प्रमुख विष्णु देव पण्डीत सँग बुझ्दा मिटरमा उठेको महशुल भन्दा बढी लिन नमिल्ने बताउछन । उनका अनुसार मिटर जाच्ने व्यक्ती भने विधुत प्राद्यिकरणका कर्मचारी नभै स्थानियनै भएकाले लिने गरेको होला यस बारे त्यस क्षेत्रको मिटर जाच्ने जिम्मा पाएका विधुत प्राधिकरणका कर्मचारी विष्णु कर्ण जानकार हुने बताए ।

यसमा उनिहरुले मिटर जाचमा सेवाग्राही बाट महसुल बुझाइदिए बापत दिएको २० रुपिया बाहेक कुनै तलव भत्ता नभएको कर्णले बताए । उनि भन्छन नेपाल विधुत प्राधिकरण नियम कानुन अनुसार त्यो २० रुपिया पनि लिन नहुने हो तर महशुल बुझाउन टाढा भएको कारण सेवाग्राहीले महसुल बुझाइदिए बापत आफु खुसी दिने गरेको रहेछन,

यस क्षेत्रको मिटर जाच्ने विधुत प्राद्यिकरणका कर्मचारी विष्णु कर्णले क्षेत्रफलको हिसावले १४ नम्बर वडा धेरै र पहाडी क्षेत्र भएकोले समयमै मिटर जाच्न नसकेको कारण विकल्पको रुपमा स्थानियलाई नै आफ्नो सट्टामा राखेको बताएका छन , यसमा उनिहरुले मिटर जाचमा सेवाग्राही बाट महसुल बुझाइदिए बापत दिएको २० रुपिया बाहेक कुनै तलव भत्ता नभएको कर्णले बताए । उनि भन्छन नेपाल विधुत प्राधिकरण नियम कानुन अनुसार त्यो २० रुपिया पनि लिन नहुने हो तर महशुल बुझाउन टाढा भएको कारण सेवाग्राहीले महसुल बुझाइदिए बापत आफु खुसी दिने गरेको रहेछन,

अव यो साउन महिना देखी नेपाल विधुत प्राधिकरणले विद्युतका कर्मचारी बाहेक अन्य व्याक्तीले काम गर्न नपाउने नियम ल्याएको छ , अव हामी आफै खट्छौं, ।

यता महसुल मिटर अनुसार नहुनुको प्रमुख कारण लकडाउन रहेको कर्णले बताएका छन । उनका अनुसार चैत्र महिनाको महशुल ग्राहक बाट उठाइएको तर सिस्टममा लकडाउनले गर्दा समयमै अपडेड गराउन नसक्दा अघिल्लो महिनाको रकम सहित जोडीएर हालको मिटर जाँचमा आएकाले समस्या भएको बताएका छन । तर यता मिटरमा १० युनिट बढी हुनुमा जोड्न मिस्टेक भएको बताए ।

यस बारे त्यसरी आएका सवै ग्राहक हरुको महसुल फिर्ता गरिने कर्णको भनाईछ । बाकी तलको फोटोलाई नियाल्नु होला 👇️👇️👇️👇️👇️
506-480= ?
प्रती युनिट 7.5= ?

प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार ०६:०९