आज १८६ जनामा को’रोना संक्र’मण पुष्टि, सं’क्रमितको संख्या १७ हजार ८४४ पुग्यो

काठमाडौं- अहिले विश्वभर को’रोना को महामा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्रभावित भइरहेको छ । नेपाल पनी यसबाट अछुतो छैन , नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

यसैक्रममा, नेपालमा सोमबार थप १८६ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ । यो सँगै कोरो’ना सं’क्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।

४ हजार २ सय १६ जनाको पसीआर परीक्षण गरिएकोमा १८६ जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म सक्रिय सं’क्रमितको संख्या ५ हजार ९३६ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १७३ जना को’रोना सं’क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा को’रोना सं’क्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ८६८ पुगेको छ । ६६.५१ प्रतिशत निको भएका छन् ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सं’क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरो’नाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

प्रकाशित मिति ५ श्रावण २०७७, सोमबार १०:५२