डा. बाबुराम भट्टराईलाई विमान परिचारिकाले नचिनेपछि…

२० माघ २०७६, सोमबार पोखरा

– पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बिटारनगर जाने उडानमा परिचारिकाले नचिनेपछि शहर र गाउँको राजनीतिक चेतमाथि प्रश्न उठाएका छन् ।

हेर्नुहोस उनको ट्वीट

उनले ट्वीटरमा विमानकी परिचारिका र गाउँकी चिया पसलकी युवतीबीच तुलना गर्दै गाउँ र शहरमा राजनीतिक चेतबारे प्रश्न गरेका हुन् ।विराटनगर जाने क्रममा विमानमा परिचारिकाले डाक्टर कहाँ जाँदा देखेजस्तो लागेको भनेपछि लेखेका छन्, ‘तपाईं डाक्टर हो ? म–हैन । किन सोध्नुभो ? उनी–डाक्टर कहाँ जाँदा देखेजस्तो लागेर ।

त्यसपछि उनले चतरानजिकै कोशीपुलमा रहेको सानो चिया पसलमा पस्दा युवती आश्चर्यमा पर्दै खुशीले भनेको पनि सम्झिदै भट्टराई लेख्छन्, ‘केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो ! पसले युवती चिच्याइन्–ओहो बाबुराम ? म–कसरी चिन्नुभो ? उनी–फोटो र टिभीमा देखेर !’

अध्यक्ष भट्टराईले ट्वीटरमा आफूहरु ‘आउटडेटेड’ भएका त हैनौं भनेर प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार ०१:२१