दीपिका र प्रभास एकसाथ फिल्ममा देखिने पक्का

बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण तेलगु सुपरस्टार प्रभाससँग फिल्ममा एकसाथ देखिने भएकी छन् ।

अस्थायी रूपमा प्रभास २१ नाम राखिएको ‘साइन्स फिक्सन’ विधामा बन्न लागेको फिल्मबाट दीपिका र प्रभाष पहिलो पल्ट एकसाथ देखिने भएका हुन् ।

तेलगु फिल्मका चर्चित निर्देशक ना’ग अश्विनले आफ्नाो आगामी प्रोजेक्टमा यी दुई कलाकारहरू अनुबन्धित भएको जानकारी गराएका छन् ।

गत फेब्रअरीमा फिल्मको आधिकारिक घोषणा भएको थियो ।

प्रभास अहिले अर्को फिल्म ‘राधेश्याम’ को रिलिजको पर्खाइमा रहेका छन् भने दीपिका पनि अभिनेता रणवीर सिंहसँगको फिल्म ‘८३’ रिलिजको पर्खाइमा बसेकी छन्

आइतबार मात्र निर्माताहरूले दीपिका फिल्मको मुख्य पात्र रहेको ट्वीटरमार्फत खुलासा गरेका हुन् ।

यसबारे दीपिकाले पनि ट्वीटमा आफ्नो उत्साहको सीमा क’टेको र यो यात्रा अविश्वसनीय हुनुका साथै काम गर्न आतु’र रहेको उल्लेख गरेकी छन् ।

दीपिकाको तेलगु डेब्यूको रूपमा चिनिने यो फिल्म सन् २०२१मा निर्माण हुने बताइएको छ ।

फिल्मबारे अन्य विवरण आधिकारिक रूपमा खुलाइएको छैन ।

दीपिका र प्रभाससँगै फिल्ममा देखिन लागेको खबरले उनका फ्यानहरू निकै उत्साहित छन् ।

प्रभास अहिले अर्को फिल्म ‘राधेश्याम’ को रिलिजको पर्खाइमा रहेका छन् भने दीपिका पनि अभिनेता रणवीर सिंहसँगको फिल्म ‘८३’ रिलिजको पर्खाइमा बसेकी छन्

प्रकाशित मिति ४ श्रावण २०७७, आईतवार ११:२५