यी हुन महिलाले पुरुषलाइ र पुरुषले महिलालाइ एकैछिनमा आकर्षण गर्ने एकदमै भर पर्दो ७ तरिका

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष शुत्र नै भने हुँदैन । केटामा केही गुण हुनु पर्छ जुन हरेक महिलाले मन पराउँछन् । यदि कुनै पनि केटीले तपाइँलाई हेर्दिने भने पनि पिर नगर्नुस् बानीमा केही सुधार गर्न मात्र जरुरी छ । यहाँ केटाका त्यस्ता बानीको चर्चा गरिएको छ जुन हरेक केटीलाई मन पर्छ ।

१ सिधा सादा :

सोझो खालका देखिने र जेन्टल स्वभावका केटा हरेक केटीलाई मन पर्छ । सामान्यतः सिधा सादा र परेको बेला आक्रामक पनि बन्न सक्छन् त्यस्ता केटाको खोजिमा हुन्छन् हरेक महिला । सिधा देखिने केटा हरेक केटीलाई मन पर्छ ।

२ रुखो ब्यवहार देखाउने केटा :

कतिपय केटीलाई आफूसँग रुखो ब्यवहार गरिरहने केटा मन पर्छ । आफ्नो धुनमा काम गरिरहने र आफूलाई कम ध्यान दिएको जस्तो गर्ने केटा हरेक केटीलाई मन पर्छ । कुनै पनि केटी देख्ने वित्तिकै प्रतिक्रिया दिने बानी छ भने छोड्नुस् वेवास्ता गर्ने केटा केटीलाई बढी मन पर्छ ।

३ आत्मविश्वासी :

कुनै पनि केटीलाई उच्च आत्म विश्वास भएको केटा मन पर्छ । अलिकति चल्ता पुर्जा र आत्म विश्वास भएका केटाको नजरमा केटीहरु पग्लिहाल्छन् । आफ्ना कुरा खुलेर राख्न सक्ने केटा केटीको नजरमा परिहाल्छन् ।

४ गम्भिर :

कुनै पनि कुरालाई उडन्ते पारामा कुरा गर्ने भन्दा गम्भिर प्रकृति भएका केटा केटीहरुलाई मन पर्छ । पछि लाग्ने भन्दा आफूलाई कम चासो दिने गम्भिर प्रकृतिका पुरुषप्रति महिला आकर्षित हुन्छन् ।

५ ख्याल गर्ने केटा :

आफूलाई अलिक ख्याल गर्ने र चासो दिने केटाहरुको खोजिमा हुन्छन् केटीहरु । हरेक समस्यामा साथ दिने र समाधान को बाटो दिने केटा केटीको नजरमा सबै भन्दा नजिक हुन्छन् । आफूले नजिक बनाउन चाहेको केटीको विषयमा सँधै हेरविचार गर्नुस् ।

खुशमिजास :

धुम्म पर्ने भन्दा खुश मिजासका केटा केटीलाई मन पर्छ । तपाइँको चेहरा हेरेर केटीहरुले तपाइँको स्वभाव थाहा पाउँछन् । हँसिलो अनुहार र फरासिलो स्वभावका केटा केटीको नजरमा परिहाल्छन् ।

७ सम्मान दिन जान्ने :

केटीहरुलाई महिलालाई सम्मान गर्ने पुरुष मन पर्छ । महिलाहरुलाई सम्मान दिने पुरुषलाई महिलाहरुले जीवन साथी नै बनाउन चाहन्छन् । तपाइँले कुनै पनि केटीसँग गर्ने ब्यवहारले नै तपाइप्रतिको दृष्टीकोण बन्छ ।

महिला हरुले पुरुषको मन जित्न यी कुराहरु पालना गर्नुहोस :

सरल व्यावहार रुचाउँछन् –

पुरुषहरुले खोज्ने अर्को कुरा भनेको सरलता पनि हो । मैले कुनै केटीको बाहिरी आवरण वा डे«ेसअपको कुरा गरेको होइन । व्यावहारिक सरलताको कुरा गरेकी हुँ । मान्छेसँग प्रस्तुत हुँदा पनि त्यो खालको सरलतालाई पुरुषहरु मन पराउँछन् ।

मुस्कान मन पराउँछन्

मान्छे हँसिलो हुनु जरुरी छ । पुरुषहरुले मुस्कान मन पराउँछन् जस्तो लाग्छ । जो हाँस्छ उसले हरेक कुरालाई पोजेटिभ रुपमा पनि लिइरहेको हुन्छ । कसैको जहिले पनि गमक्क पर्ने बानी हुन्छ ।

त्यो बानीलाई उनीहरुले गलत अर्थमा पनि लिइदिन सक्छन् । एटिच्युड प्रोब्लमको आरोप पनि लगाउन सक्छन् । यस्तो हँसिलो मान्छेसँग जिवन काट्न कति सजिलो होला भन्ने पनि सोच्छन जस्तो लाग्छ ।

भित्री सुन्दरता खोज्छन्–

इन्टेलिजेन्टस् केटीहरु पनि पुरुषहरुको रोजाइमा पर्छन । भन्ने खोजलेको ‘सेन्स अफ ह्युमर ’ चाहिन्छ । व्यावहारिक बैद्धिकताबाट पनि केटाहरु प्रभावित हुन सक्छन् । बाहिरी रुपमा जस्तो भए पनि भित्री सुन्दरता खोज्छन् पुरुषहरु ।

सरसफाइ रुचाउँछन् –

अचेलका पुरुषहरु सरसफाइमा महिला भन्दा पनि बढी सचेत भएजस्तो लाग्छ । त्यसैले चिरिच्याट्ट परका केटीहरु केटाको नजरमा पर्न सक्छन् । तर हेबी मेकअप गरेको महिलालाई नरुचाउन पनि सक्छन् । त्यसैले सिम्पल मेकअप र सफा सुग्घर भएकी केटीहरु पुरुषको रोजाइमा पर्छन ।

मीठो बोलीको अपेक्षा गर्छन –

पुरुषलाई मनपर्ने भनेको केटीहरुको मीठो बोली पनि हो । मीठो बोलीसँगै शान्त हुन पनि जरुरी हुन्छ । कतिपय जेन्टल स्वभावका जस्ता पनि हुन्छन् । कोही प्रसंगविना जथाभावी बोल्नेहरु पनि हुन्छन् । त्यस्तो बानी भएकाहरु पुरुषको रोजाइमा नपर्न पनि सक्छन् ।

प्रकाशित मिति ४ श्रावण २०७७, आईतवार ०९:१६