भाई नभएको बेलामा गर्भवती बुहारीलाई जेठाजुले कु’टे, २१ वर्षकी रोशनीको निधन

काठमाडौं । काभ्रेमा जेठाजुको कु’टाईवाट गर्भवती बुहारीको निधन भएको भन्दै उजुरी परेको छ । जुठाजुरे कु’टेपछि माइत जाँदै गरेकी २१ वर्षीया रोशनी ब्लोनको निधन भएको हो । उनी वाटोमा अ’चेत अवस्थामा फेला परेकी थिइन् । महाभारत गाउँपालिका १ की रोशनीलाई वे’होस अवस्थामा वाटोमा फेला पारी अस्पताल लगिएको थियो । तर उनको उपचार नै सुरु नभई निधन भएको हो ।

गर्भवती बुहारीलाई कु’ट्ने दलबहादुर मोक्तानलाई प्रहरीले प’क्राउ गरेको छ । जेठाजुको कु’टाईबाट घाईते भई घर छाडेर माईत जाने क्रममा बुहारीको निधन भएको भन्दै माईती पक्षले दिएको जाहेरीका आधारमा जेठाजु प’क्राउ परेका छन् ।

उनीहरुको २० दिन अघि परिवारीक अंशबण्डा भएको थियो । तर भुकम्प पछि निर्माण भएको नयाँ घरमा उनीहरु बस्दै आएको थिए । श्रीमान हरिबहादुर काठमाडौं आएको बेलामा जुठाजु र उनको श्रीमती राजकुमारीले कु’टेको माइती पक्षको भनाई छ । उनी माथि असार १८ गते कु’ट’पि’ट भएको हो ।

त्यस पछि उनी खानिखोला गाउँपालिका वडा नम्वर २ स्थित माईती जान हिडेकी थिइन् । बनेमा गरिएको श’व परिक्षणका क्रममा रोशीका शरिरमा रहेका तीन ओटा करङ भाँ’चिएको, फोक्सोमा र’ग’त जमेको, घाँटीको हड्डी भाँ’चीएको र शरिरको बिभिन्न भागमा गहिरो भित्री चो’टहरु देखिएको छ ।

प्रकाशित मिति ४ श्रावण २०७७, आईतवार ०६:५२