सामाजिक सञ्जालमा भाइरल बनेको तस्बिर,के फोटोसप कै कमाल हो त ?

शुक्रबार सरकारी नम्बर प्लेटको मोटरसाइकलमा सवार युवा युवतीको फोटो फेसबुकलगायतका सामाजिक सञ्जालमा भइरल भएको छ ।

सरकारी सवारी साधनहरुमा साधारणतया कस्ता ब्यक्तिहरु सवार हुन्छन् होला ? जो सरकारी कार्यलयको पोशाकमा हुन्छन् । यो सबैले बुझेकै बिषय हो ।

तर कार्यालय समयमा आवस्यक कामकाजका लागि प्रयोग हुने मोटरसाइकलमा सवारले सरकारी पोशाक नलगाएको तस्बिर निकै भाइरल बनिरहेको छ ।

उक्त तस्बिरमा युवतीको माथिल्लो भाग अर्धन ग्न देखिन्छ । यस बिषयमा कुनै कर्मचारीले कार्यालय समयमा लगाउन मिल्ने पोशाक नभएको भन्दै सामाजिक सञ्जालमा ब्यापक विरोध भैरहेको छ।

तर कतिपयले फोटोको बास्ताविकता अर्कै रहेको र फोटोसपबाट परिवर्तन गरिएको भन्दै फरक तस्बिर पनि शेयर गरिरहेका छन्  । तै पनि कुन तस्बिर वास्तविक के हो भनेर खुलिसकेको छैन । तस्बिर भने निरन्तर भाइरल बनिरहेको छ ।

कार्यालय समयमा आवस्यक कामकाजका लागि प्रयोग हुने मोटरसाइकलमा सवारले सरकारी पोशाक नलगाएको तस्बिर निकै भाइरल बनिरहेको छ ।

प्रकाशित मिति ३ श्रावण २०७७, शनिबार १४:१९