रणविर कपुरको डुप्लिकेट जुनइदको २८ वर्षको उमेरमा निधन

रणविर कपुरको डुप्लिकेट जुनइद शाह को निधन भएको छ । हृदयघा’तका कारण उनको निधन भएको बताइएको छ । उनी रणविर कपुरजस्तै देखिने भन्दै एक समय खुब भाईरल भएका थिए । उनी २८ वर्षको भएको बताईएको छ ।

उनको निधन आफ्नै घर श्रीनगरमा भएको बताइएको छ । ऋषि कपुरले मेरो छोराको डुप्लीकेट भनेर ट्वी गरेपछि उनी भाइरल भएका हुन् ।

कश्मीर मनिटरले दिएको जानकारी अनुशार उनी आफ्नो बुबाको स्याहार गर्नलाई मुम्बईबाट श्रीनगर गएका थिए । भारतका प्रख्यात पत्रकार युसुफ जमेल लेख्छन् , निशर एहमद शाहको छोराको निधन भएको छ । उनी बलिउडमा आउन चाहन्थे ।

उनको निधनको बारेमा रणविर कपुर र उनको आमा नितु कपुर भने केहि बोलेका छैन्न ।

प्रकाशित मिति ३ श्रावण २०७७, शनिबार ०२:४८