कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ ।

जसअनुसार कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा ६० हजार दर्शक क्षमता रहेको अल बायत रंगशालमा हुनेछ । यसैगरी फाइनल खेल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ । समुह चरणका खेल हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुनेछन ।

जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो । कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकाले विश्वकप फुटबल नोभेम्बरमा सारिएको हो ।

कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन । कतार विश्वकपमा पहिलो पटक एक ठाँउबाट अर्को ठाँउमा खेल्न जाँदा हवाई जहाजको प्रयोग नहुने भएको छ ।

प्रकाशित मिति २ श्रावण २०७७, शुक्रबार १४:५०