प्रकाश पराजुली र शितल शर्माको तिज गीत ” शितलु”  सार्बजनिक

नेपाली नारीहरुको महानचाड हरितालिकातीज नजिकिने क्रमसंगै गीतसंगितको बजारमा सयौ तिजका भाकाहरु बजारमा सुन्न पाइन्छ । गित संगीतको समग्र व्यबसायसँगै चर्चाको माध्यम बनेका हुन्छन ।

यस वर्षका तिजका भाकाहरू पोहोर परार सालका भन्दा अलि सभ्य र हेर्न लायक बनेका छन भन्दा अन्यथा नहोला । संस्कार र संस्कृतिको जर्गेनाको लागि चर्चित गायक तथा सर्जक प्रकाश पराजुलीको तिज गीत ” शितलु” भर्खरै सार्बजनिक भएको छ।

यस तिज गितमा आवाजको धनी प्रत्यक्ष दोहोरीका प्रखर गायक प्रकाश पराजुली र गायिका शितल शर्माको सुमधुर आवाज सुन्न सकिन्छ,

प्रकाश पराजुलीको संगीत,शब्द नबराज पन्तको रहेको  गीतमा कोरियोग्राफी तथा निर्देशन मौसमी हिमाल ले गरेका छन।संगीत संयोजन बिनोद बाजुरेली तथा भिडियो सम्पादन मनोज कार्की को रहेको छ।

छायांकन करण चौसिरले गरेको  गीतमा केहि बर्ष अगाडि महारानी गीत बाट दर्सक श्रोताको मन जित्न सफल टिकटकबाट चर्चा कमाएकी सुन्दरी गरिमा शर्मा साथमा निर्देशक तथा कलाकार शिव पोखरेलको अभिनय तथा नृत्य हेर्न सकिन्छ। तिज गीत “शितलु” शितल शर्मा नामक युटुब च्यानल बाट सार्बजनिक भएको छ।

भिडियो हेर्नुहोस:

प्रकाशित मिति २ श्रावण २०७७, शुक्रबार १२:४४