सन् २१०० मा नेपालको जनसंख्या आधा हुनसक्ने

नेपालको जनसङ्ख्या सन् २१०० मा आधा हुनसक्ने बताइएको छ ।

ब्रिटेनको एउटा प्रतिष्ठित जर्नल ल्यान्सेटमा विश्वव्यापी अध्ययन गरेर प्रकाशित एक लेखमा विज्ञहरूले अधिकांश देशहरूमा यो शताब्दीको अन्त्यसम्ममा जनसङ्ख्या निकै घट्ने प्रक्षेपण गरिएकोमा नेपालको जनसङ्ख्या सन् २१०० मा आधा हुनसक्ने उल्लेख गरेको छ ।

नेपालमा हाल तीन करोड रहेको जनसङ्ख्या सन् २०४३ मा तीन करोड पैँतालीस लाख पुग्ने र घट्दै गएर सन् २१०० मा त्यसको लगभग आधामा झर्ने प्रक्षेपण गरिएको छ ।

प्रतिवेदनमा विश्वभरि शिक्षामा भएको प्रगति, महिलाहरूको सशक्तिकरणजस्ता विभिन्न कारणले कुल प्र’जनन दर अर्थात् एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको सङ्ख्या निरन्तर घ’टिरहेको हुँदा यस्तो अवस्था आइपर्न लागेको उल्लेख छ ।

हाल नेपालमा कुल प्रजनन दर २.२४ प्रतिशत रहेको र त्यो घट्दै गएर सन् २१०० सम्म पुग्दा १.२० प्रतिशत पुग्ने देखिन्छ ।

महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको सङ्ख्या निरन्तर घटिरहेको हुँदा यस्तो अवस्था आइपर्न लागेको उल्लेख छ ।

जनसङ्ख्याविद् प्राध्यापक डा. मृगेन्द्रलाल सिंह जनसङ्ख्या यसरी घट्नु राम्रो कुरा नभएको र यस्तो परिवर्तनको व्यापक नीतिगत असर पर्ने हुनाले बेलैमा स’चेत हुनुपर्ने बताउँछन् ।

राष्ट्रिय तथ्याङ्क विभागको आँकडाअनुसार नेपालमा अहिले औसत उमेर लगभग २५ वर्षको हाराहारीमा रहेको र ६५ वर्षभन्दा धेरै उमेरका मानिस कुल जनसङ्ख्याको पाँच प्रतिशत रहेको बताइएको छ ।

तर, आयोगले केही वर्ष अगाडि गरेको अध्ययनमा नेपालमा ६ वर्षपछि ६५ वर्षभन्दा माथिका मानिसहरूको सङ्ख्या ७ प्रतिशत र अबको ३३ वर्षपछि त्यो प्रतिशत १४ पुग्ने हुँदा नेपाल बुढ्यौली लागेको वा वृद्ध मुलुक हुने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेल बताउँछन् ।

प्रकाशित मिति २ श्रावण २०७७, शुक्रबार ११:५६